मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

स्थापना दिवसमा अस्पताललाई सहयोग

मनु सुनार 31+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

गुल्मी । १८ वर्ष अघि स्थापना भएको गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसमा गुल्मी अस्पताललाई सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्वका रुपमा गुल्मी अस्पतालमा आउने बिरामीहरुको सहजताका लागि बुधबार बिहान अस्पतालमै पुगेर दुई दर्जन पानी पिउनका लागि प्रयोग हुने स्टिल गिलास अस्पतालका डा.कविराज भुसाललाई हस्तान्तरण गरेको थियो । भने बिरामीहरुलाई पौष्टिक आहार समेत वितरण गरिएको व्यवस्थापक महेश पन्थीले जानकारी दिनुभयो ।  

स्थापनाकाल देखि हालसम्म त्यस सहकारीले सामाजिक क्षेत्रमा झण्डै १५ लाख बराबरको विभिन्न क्षेत्रमा सहयोग गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभयो । आशा अपाङ्ग केन्द्र, जिल्ला कारागार, उपल्लो तम्घास माध्यमिक विद्यालयमा पनि स्थापना दिवसकै अवसरमा यस अघि विभिन्न भौतिक सामग्रीहरु सहयोग गरेको उहाँको भनाई छ । जिल्लाकै ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगाको यज्ञशाला जाने सिढिमा आर्कषक गरुडको मूर्ति समेत स्थापना गरिसकेको अध्यक्ष पन्थीले बताउनुभयो । 

व्यवस्थापक पन्थीका अनुसार यस सहकारीले युवा स्वरोजगार कार्यक्रम अन्र्तगत थ्रुपैलाई कर्जा प्रवाह गरी उद्यमी बनाएको छ । खराब कर्जा एकदमै न्यून रहेको सचिव विनोद पाण्डेले बताउनुभयो । निति, विधि र प्रविधिले यस सहकारी जिल्लामै अब्बल बन्दै गएको उहाँको भनाई छ ।  

२०६४ भाद्र १२ गते स्थापना भएको यो सहकारीमा १ हजार २४९ शेयर सदस्य र २३६ नाबालक सदस्य रहेको व्यवस्थापक पन्थीले जानकारी दिनुभयो । यस सहकारीको शेयर पुँजी ८ करोड ६१ लाख ९० हजार ६ सय, संस्थागत कोष ४ करोड ८२ हजार ३६४ रहेको छ । 

गुल्मी अस्पतालमा बिरामीहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरि रेसुंगा नगरपालिका - वडा नं. १ मा अवस्थित आफ्नै भवनमा आई सहकारीका अध्यक्ष रामप्रसाद पन्थी, उपाध्यक्ष नारायण जिसि, सचिव विनोद पाण्डे, कोषाध्यक्ष तुल्सीराम पाण्डे, पूर्वअध्यक्ष गुणानिधि शर्मा पाण्डे,  दुर्गाप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समिति संयोजक रेशम कुँवर कर्मचारीहरु, शेयर सदस्यहरुको सहभागितामा सहकारी स्थापनाको खुसीयाली मनाइएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार