मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी पोष्ट स्थापना, स्थानीयमा सुरक्षाको प्रत्याभूति

सुनिल जिआर 4+ समाचार ( )
२ असार २०८२, सोमबार

पाल्पा ।  पाल्पा जिल्लाको दुर्गम बाकामलाङ क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय, पाल्पाको पहलमा रम्भा गाउँपालिका वडा नम्वर १ मा पर्ने भोटाहा बाकामलाङमा पोष्ट स्थापना गरिएको हो। यसबाट यस क्षेत्रका बासिन्दाले सुरक्षाको प्रत्याभूति गरेको महसुस गरेका छन्।

लामो समयदेखि सुरक्षाको दृष्टिले संवेदनशील मानिँदै आएको बाकामलाङ क्षेत्रमा प्रहरी पोष्टको आवश्यकता महसुस गरिएको थियो। विशेषगरी, आपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा स्थानीय बासिन्दालाई तत्काल सेवा प्रदान गर्ने उद्देश्यले यो पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्टमा आवश्यक जनशक्ति र स्रोत साधनसहितको टोली परिचालन गरिएको छ। यसले गर्दा यस क्षेत्रमा हुने चोरी, डकैती, झैझगडा तथा अन्य आपराधिक घटनाहरूमा कमी आउने अपेक्षा गरिएको छ। साथै, विपद्को समयमा पनि यस पोष्टले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

बाकामलाङका स्थानीय बासिन्दाले प्रहरी पोष्ट स्थापनाको निर्णयलाई स्वागत गरेका छन्। उनीहरूले यसबाट आफूहरू सुरक्षित महसुस गरेको र अब शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न पाउने आशा व्यक्त गरेका छन्। यस पोष्टले स्थानीय र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउन मद्दत पुग्ने पनि विश्वास गरिएको छ। प्रहरी पोष्टको कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु लगायतको सहभागीता रहेको  इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । कार्यक्रममा राजनितिक दलका स्थानीय पदाधिकारी, नागरिक समाज ,पूर्व प्रहरी कर्मचारी ,विभिन्न संघसस्थाका प्रतिनिधी लगयातको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार