मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाऔंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11174+ समाचार ( )
९ अशोज २०८१, बुधवार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताउनु भएको छ । 

जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताउनु भएको हो ।

यस्तै उहाँले विगतमा गरिएका कामको समिक्षा गर्दै भावि योजना निर्माणमा जुट्न आह्वान पनि गर्नु भएको छ ।‘मुलुक बनाउने जिम्मेवारी तपाई हामीलेनै उठाउनुपर्छ । यसका लागि तीन तहकै सरकारले आफ्ना योजनालाई परिणाममुखी बनाउन जरुरी छ’उहाँले भन्नुभयो,‘हामीले अहिले सम्म के ग¥यौं ? के उपलब्धि भयो ? के समस्याहरु आएँ ? अव कसरी अघि बढ्ने ?  योजना बनाउन जरुरी छ ।’ 

योजनाको समिक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै समिक्षाबाटै निकास खोज्न आह्वान गर्नु भयो । चालु आर्थिक बर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ ।‘प्रदेश सरकारले पुरक बजेट ल्याउला की ? बजेट रकमान्तरण गर्ला की ? भन्ने सोंचमा हुनुहुन्छ भने त्यो सोंच त्याग्नुस । हामी पुरक बजेट पनि ल्याउदैनौं ।

बजेट रकमान्तरण पनि गर्दैनौं । जे बजेट आएको छ । त्यसलाई कार्यान्वयन गर्छौं’उहाँले भन्नुभयो,‘योजना कार्यान्वयन हुदा गरिने वदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिसपर्धाको माध्यमबाट गर्ने भनेका छौं । यो निर्णयलाई कार्यान्वयन गरेर जानैपर्छ । सबै निकायमा परिपत्र भइसकेको छ ।’ 

जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाउनु भयो ।‘केही कानुनी बाधा छन् । ति बाधा, जटिलता फुकाउन हिउँदे अधिवेसनमा छलफल हुन्छ’उहाँले भन्नुभयो,‘जिल्ला समन्वय समितिको भूमिका बढाउन नीतिमै सुधार गर्छौं ।’ स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय सेवा ऐनले भूमिका खेल्ने, थप्नुपर्ने बिषयहरु भए संसोधन गरेर जान सकिने बाटो खुला रहेको बताउनु भयो ।

समिक्षा कार्यक्रममा प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरे, पुर्व मन्त्री शुशिला सेर्पाइली ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । जिल्ला समन्वय समिति अर्घाखाँचिका प्रमुख जिवनाराण कोइरालाको अध्यक्षयता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सदस्य कमलप्रसाद घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार