मुख्य समाचार
छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने |

भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट

Ujyalosandeshonline 12671+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवामा नसा तथा मानसिक रोगको उपचारलाई लक्षित गर्दै ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा आएको छ । सिद्धार्थ बैंक नजिकै सञ्चालनमा ल्याइएको उक्त क्लिनिकले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले क्लिनिकको उद्घाटन गरेका हुन । 

भैरहवा तथा आसपासका क्षेत्रका बिरामीहरुलाई सहज र सर्वसुलभ रुपमा नसा र मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक स्थापना गरिएको सञ्चालक रोशन गुप्ताले जानकारी दिएका छन् । क्लिनिकमा न्युरो–साइक्याट्रिक (नसा तथा मानसिक) उपचारलाई मुख्य प्राथमिकतामा राखिएको छ । 

सञ्चालक गुप्ताका अनुसार क्लिनिकमा काउन्सिलिङ, ल्याब तथा फर्मेसी लगायतका विभिन्न सेवाहरु उपलब्ध छन् । क्लिनिक ओपनिङको अवसरमा हाल ओपीडी सेवा निःशुल्क गरिएको छ भने ल्याब परीक्षणमा विशेष छुटको व्यवस्था मिलाइएको छ ।

क्लिनिकका नसा तथा मानसिक रोग विशेषज्ञ डा. नसिम अकरमका अनुसार समाजमा सानो बाल्यकालदेखि हुर्किने वातावरण, साथीभाइ वा परिवारसँग खुलेर कुरा गर्न नसक्ने बानीका कारण एन्जाइटी, डिप्रेसन, माइग्रेन र कडा खालको मानसिक समस्या (साइकोसिस) देखा पर्ने गरेको छ । त्यसैगरी मेरुदण्डबाट जाने नसा च्यापिएर हातखुट्टा झमझमाउने र ज्यानमा स्फूर्ति नहुने जस्ता समस्याहरु सर्वसाधारणमा धेरै देखिने गरेको उनले बताए । 

भैरहवा र आसपासका बासिन्दा यस्ता स्वास्थ्य समस्याको उपचारका लागि काठमाडौँ तथा छिमेकी मुलुक भारतका सहरहरुसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न क्लिनिक सञ्चालनमा ल्याइएको डा. अकरमले बताए । क्लिनिकमा मानसिक, नसा, निद्रा नलाग्ने, अत्तालिने र यौन रोग सम्बन्धी समस्याहरूको परामर्श तथा विशेषज्ञ उपचार सेवा उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार