मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

नेपाल रेडक्रस सोसाइटीलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता कायम छ : महामन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12448+ समाचार ( )
२४ माघ २०८०, बुधवार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता नरहेको भन्ने खबरको खण्डन गरेको छ । सोसाइटीका महासचिव भूपतिलाल श्रेष्ठले विज्ञप्ति निकालेर रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेपाल रेडक्रस सोसाइटीले ६० वर्ष पहिले नै प्राप्त गरेको र पछिल्लो समयमा यसमा थप कुनै निर्णय र फेरबदल नभएको भन्दै गलत प्रचारको खण्डन गरेका छन् । 

‘रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेरेसोले ६० वर्ष पहिले नै प्राप्त गरेकोे छ र पछिल्लो समयमा यस सम्बन्धमा समाचारमा भनिए बमोजिम थप कुनै निर्णय नभएको र फेरबदल नभएको व्यहोरा जानकारी गराउँदछौं,’ श्रेष्ठले विज्ञप्तिमार्फत् भनेका छन् । 

उनले गत साउन २ गते नै प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा निर्वाचित समितिले नेरेसोको नियमित गतिविधि गर्दै आइरहेको दाबी गरेका छन् । ‘सोसाइटीले आफ्नो सबै बैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा लेखापरीक्षण, वार्षिक साधारण सभा, समाजकल्याण परिषद्को आवद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रकृया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको छ,’ उनले भने । 

महामन्त्री श्रेष्ठले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको कार्यालयले सोसाइटीको मान्यता, आवद्धता सम्बन्धी विषय आफ्नो कार्य क्षेत्रभित्र नपर्ने नेरेसोलाई स्पष्ट पारेको व्यहोरा समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार