बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण

Ujyalosandeshonline 12436+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

धकधई । नेपाल–भारत मैत्री संघ उपशाखा धकधईले २५७०औं बुद्ध जयन्तीको पावन अवसरमा विपन्न समुदायलाई झुल वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बेचन प्रसाद गुप्ताको अध्यक्षतामा भएको सो समारोहमा बुद्धको शान्ति र अहिंसाको मार्गलाई आत्मसात गर्दै मानवीय सेवाका कार्यहरू गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद ताहिर अलीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो। सो अवसरमा बोल्दै सांसद अलीले नेपाल–भारत सम्बन्धलाई जनस्तरमा सुदृढ बनाउन मैत्री संघले खेलेको भूमिकाको प्रशंसा गर्दै बुद्धको सन्देश विश्वभर उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि रोहिणी गाउँपालिकाका वडा अध्यक्षहरू वीरबहादुर क्षेत्री र करम खानले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। संघका सल्लाहकार तारानाथ त्रिपाठी, चन्द्रमान तिवारी र गनपत प्रसाद गुप्ता लगायतले संस्थाको उद्देश्य र सेवाका बारेमा धारणा राख्नुभएको उक्त कार्यक्रममा पूर्णिमा रौनियार लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार