मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ माघ २०८१, शनिबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा बुटवल राइनोज क्रिकेट क्बल विजयी भएको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुटवल राइनोजले सैनामैना क्रिकेट क्लबमाथि १९ रनको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ६ ओभरको खेलमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लागि रोजन कुमालले ३९, विपिन विक्रम शाहीले २९, इमरान शेषले २१, शिव कुँवरले १४ र अपर्ण तिमिल्सिनाले १३ रन जोडे । बलिङमा सैनामैनाका किरण भट्टराईले ५, प्रदीप सुवेदीले २ तथा गोपाल पौडेल शर्मा र सुनिल पौडेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा सैनामैना २४ ओभर ५ बलमा सबै विकेट गुमाउँदा १ सय ३२ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि विक्रम गौतमले ४३, ईश्वर क्षेत्रीले ३४, किरण भट्टराईले २२ र महेश रानाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाहीले ५ ओभर ५ बलमा ३२ रन खर्चेर ५ विकेट लिए । यस्तै, शिव कुँवरले २ तथा सुरज सारु र सुप्रिम कँडेलले समान १–१ विकेट लिए । खेलमा विपिन विक्रम शाही प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार