मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जनमत पार्टीका वडा अधिवेशन सम्पन्न, चन्द्रशेखर मौर्य अध्यक्ष

जैसमोहम्मद खान 74+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

मर्चवार । जनमत पार्टी मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा चन्द्रशेखर मौर्यका अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । सर्वसम्मतिमा चयन भएको वडा कार्यसमितिको उपाध्यक्षमा रविकान्त यादव, महिला उपाध्यक्षमा दुर्गावती केवट, सचिव विन्दलाल यादव, सह–सचिव बिष्णु कोईरी र कोषाध्यषमा अविता हरिजन रहेका छन् । 

सदस्यहरुमा राजु साहनी, रामकेवल मौर्य, अमेरिका कहार, प्रितम मौर्य र प्रमिला हरिजन चयन भएका छन् । 

अधिवेशन कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको राज कायम गराउन लाग्न आग्रह गरे । जनताले कर दिने बिषयमा जनमत पार्टीका जनप्रतिनिधिहरुले छुट गराउन पहल गर्नु पर्ने उनले बताए । जनतालाई सहज हुने तरिकाले काम गर्ने जनमतको एजेण्डा भएकोले भविष्यमा जनमतलाई अझै बढी सीट दिलाउन उनले आग्रह गरे । 

यस्तै मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरैले आफु निर्वाचित भए देखि नै पालिकाको बिकासमा समर्पित भएको बताए । उनले अब चाडै नै गाउँपालिका भवनको टेण्डर प्रक्रिया अगाडी बढाईने बताए । यसका साथै पालिकामै अस्पताल निर्माणको तयारीमा रहेको उनले बताए । केही ब्यक्तिहरु फेसबुकबाट नै पालिकाको बदनामी गराउन लागि परेको बताउदै उनले यसलाई कामबाट चिर्ने बताए । 

गुड्डु मौर्यका अध्यक्षतामा सम्पन्न वडा अधिवेशन कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, केन्द्रिय सदस्य कृष्ण कोहार, सम्मरीमाई गाउँपालिका अध्यक्ष रमाशंकर यादव, राकेश चौधरी, रामसुमेर ठाकुर, रामसेवक खरविन्द, ओमप्रकाश यादव लगायतले बोलेका थिए । कार्यक्रम विजय यादवको स्वागत तथा मुरारी प्रजापतिको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार