मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लोसपाको प्रदेश सम्मेलनमा विवाद

Ujyalosandeshonline 12437+ समाचार ( )
१४ पौष २०८०, शनिबार

भैरहवा । पार्टीको पहिलो प्रदेश सम्मेलनमा बोल्न नपाएको भन्दै लोसपाका केन्द्रिय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले बिरोध जनाएका थिए । पार्टीलाइ आवश्यक परेको बेला आफु जेलनेल गएको तर अहिले अरुको हालीमुहाली भएको उनले आरोप लगाए । 

मन्चमै बसेका गुप्ताले सुरुमा मन्चमा उठेर बिरोध जनाए । त्यसपछि मुखमा पट्टि बाधेका उनलाइ पार्टीका नेताहरुले बस्न आग्रह गरेका थिए । प्रदेश सभा सदस्य कन्हैया बनिया, गणेश पाल लगायतका नेताहरुलाइ उनलाइ बस्न आग्रह गरे पनि गुप्ताले मानेनन् । लोकतन्त्रमा बिरोध गर्न पाउनुपर्ने बताउदै उनि नबसे पछि केहि बेर कार्यक्रममा तनाव भएको थियो  । 

पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दै गर्दा भएको बिवादका कारण मन्चमै प्रहरी पुगेको थियो । यसै क्रममा आयोजक एवम केन्द्रीय सदस्य बिच चर्काचर्की समेत भएको थियो । 

कार्यक्रममै भएको विवादले प्रमुख अतिथि समेत रहेका लोसपाका केन्द्रिय वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले कार्यक्रम बिथोल्न भएको प्रयास भएको बताए । उनले पहिले देखि नै कार्यक्रम हुन नदिने प्रयास भै रहेको बताउदै कार्यकर्तालाइ बिखण्डनकारीसंग सावधान रहन आग्रह गरे । यद्द्पी यस क्रममा उनले विवाद गरेका प्रशान्त गुप्ताको नाम भने लिएनन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार