मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ,  तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक हजार ५४३, मुस्ताङमा २६६, म्याग्दीमा ७६५, बागलुङमा एक हजार २९८ र पर्वतमा ९६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् । 

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना खटिने छन् । एघार वटै जिलालामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरू भएको छ । 

निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त  नेपाली नागरिकलाई प्राथमिकताका साथ समावेश गरिएको जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार