मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

Ujyalosandeshonline 11564+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताएका हुन् । 

उनले काँग्रेसले रएमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिए । 

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । अब केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौँ ।किनकी धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं र त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं ।

उनले भने, ‘किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । हामी माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरु संशोधन गर्छौं । एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँथ टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ ।’

उनले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताए । कांग्रेसले तीन वर्षमा ०८४ मा योयो ग¥यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र  चकचक गर्नेच्याप्टर बन्द गर्नुपर्ने धारणा राखे । 

उनले भने,‘२०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१–०८२–०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यि सबै कुराको बिचमासबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले पाँच वर्ष वर्वाद भयो, अब म राम्रो गर्छु भन्यौँ, पाँच वर्षको जिम्मा लिने कोही भएन ।

तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा योयो ग¥यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ ।’उनले देशभरीको चुनावहरु हेर्दा एकदमै धेरै मङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार