मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने

दान बहादुर बुढा 45+ समाचार ( )
२ असार २०८२, सोमबार

मुगु । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् । जिल्लाको सदरमुकाम गमगढीमा सोमवार सम्पन्न सुरक्षित आप्रवासन सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी परार्मशमा धारणा राख्दै नगर प्रमुख भामले जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले वैदेशिक रोगगारमा जानेहरूको समस्या समाधानमा स्थानीय तहले नै सक्रियकताका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए । 

नगर प्रमुख भामले सुरक्षित आप्रवास सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि प्रभावकारी नीति बनाउन आवश्यक सहित रोजि रोटि जीवन निवाह गन विदेश जाने नेपालीहरुले ज्ञान ,सीप, भाषा सिकेर बैधानिक रुपमा बिदेश जान समेत बताए । अबैधानिक बाध्यमबाट बिदेश जाने हो भने निकै दुःख पाउने समेत बताए ।

सुरक्षित आप्रवासनको क्षेत्रमा सामी कार्यक्रम जिल्लामा पहिलो स्थानीय तहमा  सञ्चालन हुँदै आएको छ । उक्त कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सचेतना अभिवृद्धि, श्रमिकको अधिकार संरक्षण तथा नीति निर्माणका विषयमा सामी कार्यक्रमले गरेको सेवा प्रवाहका विषयमा परामर्श भएको छ । कार्यक्रममा सहभागीहरूले सुरक्षित आप्रवास प्रवद्र्धन गर्न सबै तहका सरकार तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष अच्युतराज भण्डारीले औंल्याए । 

पछिल्लो समयमा नेपाल रोजगार नहुँदा दैनिक युवाहरु बिदेश दिन प्रतिदिन सयौं जान थालेपछि स्थानीय सरकारको हिसावले छायानाथ रारा नगरपालिकाबाट सिलाई ,कटाई ,तरकारी खेती, पशुपालन तिर अनुदानका कार्यक्रम सीप सिकाउने तालिम गोष्टी, सेमिनारसहित जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको छायानाथ रारा नगरपालिकाकि उप मेहेर ऐश्वर्य शाही मल्लले बताइन् । सामी कार्यक्रम मा छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद गौतम, नगरपालिका का न्यायिक समितिका सदस्य साथै जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार