मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गठबन्धन जुनसुकै बेला टुट्नसक्ने अध्यक्ष नेपालको दाबी

Ujyalosandeshonline 11540+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितीमा सजह अनुभव नभएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिक्ने हो ? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ । यति भनौं परिस्थिती सहज छैन् । हामीले सहज ठानिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौं । समाजमा जन्मेका पनि होईनौ । कसैको दास बन्ने हाम्रो नियत पनि होईन् ।’

यस्तै, उनले देशभक्ति र कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए ।

उनले भने, ‘हामी देशभक्ति आन्दोलनलाई अगाडि बढाउन चाहन्छौ र त्यसको आवश्यकता अझै पनि छ । कम्युनिष्ट आन्दोलनले जनताको माझमा लोकतन्त्रको आवाज बुलन्द गर्नुपर्छ । निरङ्कुश साशनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिष्ट आन्दोलनकै हो । लोकतन्त्रको संवाहक पनि कम्युनिष्ट पार्टी नै हुन् । जनताका जनजीविकाको सबालमा जनताको पक्षमा हामी लाग्नुपर्छ । परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह गर्न नसकेसम्म परिवर्तन सम्भव हुदैँन् ।’

नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवद्र्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार