मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बालगायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार उनी अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् । 

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।

भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा चर्चित छन् । उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ । 

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्। भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

उनले हांस्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन् । सचिनलाई संचारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठाडौँ ल्याएका थिए ।

पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय, संचारमाध्यमले ठूलो सहयोग गरेता पनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्तत टिचिमा अन्तिम श्वास फेरेका छन् । एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार