मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तोरी बालीमा अनुदानले तिलोत्तमाका कृषक उत्साहित, उत्पादन बढ्ने अपेक्षा

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ माघ २०८१, शनिबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको तिलोत्तमाका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर–८ ले २ लाख ५० हजार, उपभोक्ता किसानबाट २ लाख गरी जम्मा ४ लाख ५० हजारको लागतमा उक्त खेती गरिएको हो ।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केही कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिउले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत उत्साहित छन् । उनका अनुसार नगरमा यस वर्ष नगरपालिकाले बिउ वितरण गरि एक सय ५८ हेक्टर जमिनमा तोरी खेती गरिएकामा १२ मेट्रिक टन प्रति हेक्टर तोरी उत्पादन हुने अनुमान छ ।

गत वर्ष नगरमा किसानले गरेको खेती अनुसार ७ प्रति हेक्टर मेट्रिक टन तोरी उत्पादन भएको थियो । अहिले तोरीको अनुदानको बिऊ र समयानुकुल मौसम तथा बाँझो जमिनको पनि सामुहिक खेतीको प्रभावले प्रति कठ्ठा ४० किलो फाल्ने अनुमान छ ।

तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका वडा नम्बर–८ का ज्योतिनगर, प्रदिप नगर, दिप नगर, करहिया क्षेत्रमा तोरी उत्पादन बढ्ने देखिएको हो । विशेष गरेर यस क्षेत्रका बस्तीमा हिउँदे खेतीका रुपमा गरिने धान गहुँ मकै खेती छाडा गाइ बस्तु लगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । त्यसो त पकेट क्षेत्रमा लगाइएको तोरीमा तारबार समेत गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । नगदे बालीको रुपमा रहेको तोरी खेतीतर्फ किसान आकर्षित भएको र अनुदानले झन् उत्साह थपेको उनको भनाई छ।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोग र व्यवसायिक प्रयोजनका लागि तोरीखेती गर्न लागेका उनले बताए । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको संख्या बढेको उनको भनाई छ ।

तोरी खेती गर्ने किसानको खेतमै गैर गरिएको अनुगमन तथा अबलोकनमा कृषक संजाल तिलोत्तमा ८ का अध्यक्ष गोबिन्द गौतम, उपाध्यक्ष सीता पाण्डे, सदस्य तेजप्रसाद भट्टराई, हरिप्रसाद पाण्डे, अनुगमन समिति संयोजक रवि पाण्डे लागयातले बोल्दै तिलोत्तमा नगरपालिकाको बजेट नीति अनुसार वडा नम्बर ८ को पहलमा गरिएको किसानका लागि तेलहन खेति कार्यक्रमले कृषकमा थप उत्साह थपेको बताए ।

नगरपालिकाले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिंचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरी लगायतका तेलहन बालीको उत्पादन बढेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार