मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एशियन बुद्ध टी–१० क्रिकेटको उपाधि तिरुपतिलाई

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

भैरहवा । भैरहवामा सम्पन्न जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’को उपाधि तिरुपति क्रिकेट क्लब, भैरहवाले हात पारेको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा एशियन बुद्धलाई ३ विकेटले हराउँदै तिरुपतिले उपाधि चुमेको हो ।

उपाधिसँगै तिरुपतिले ८० नगद र उपविजेतामा चित्त बुझाएको एशियन बुद्धले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एशियन बुद्धले ८ विकेटको क्षतिमा ८५ रन बनायो । उसका लागि देव खनालले १९, कृष्ण कार्कीले १५ र रन्जित खड्काले १० रन बनाए । बलिङमा तिरुपतिका तुलबहादुर थापा, इन्द्रजित यादव र सन्दीप यादवले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ५ बलमा ८६ रन बनाउँदै जित निकाल्यो । तिरुपतिका लागि सन्दीप मौर्यले २९, विशाल भुसालले नटआउट २५  र विजय प्रजापतिले १४ रन बनाए । बलिङमा एशियन बुद्धका विष्णु कटारियाले २, अभिशेष गौतम, कृष्ण कार्की, कृष्ण पराजुली र इकलाख अहमदले १–१ विकेट लिए । खेलमा सन्दीप मौर्य प्लेयर अफ द फाइनल भई १ हजार दुई सय रुपैयाँ पाए ।

तिरुपतिका वसिर अहमद म्यान अफ द सिरिज भई नगद १२ हजार पाए । यस्तै, टीम रेस्पोन्स लुम्बिनीका जावेद खान बेष्ट ब्याटर र न्यु होराइजनका विप्रसन केसी बेष्ट बलर भए । उनीहरुले जनही ८ हजार रुपैयाँ प्राप्त गरे । तिरुपतिका विजय प्रजापति बेष्ट क्याच र एशियनका देव खनाल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

शुक्रबारै सम्पन्न दोस्रो सेमिफाइनलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै फाइलन यात्रा तय गरेको थियो । प्रतियोगितामा सेमिफाइनल पुगेका होराइजन र प्रोफेसनल मास्टर्स–११ ले १०–१० हजार रुपैयाँ पाए ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना र भैरहवाकै एशियन बुद्ध होटलको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । विजेता र उपविजेता टीमलाई लुम्बिन्ी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघ तथा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, एशियन होटलका संचालक तिलकराज घिमिरे, प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पन्थी, रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार