मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

थुनुवा भगाउने तत्कालीन जवान यादव १६ वर्षपछि पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो ।

रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कोलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको छ । यादवलाई नेपाल आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक थुनुवा असरफ आलमलाई भगाउन तत्कालिन जवान यादवले एक करोडबाट सुरू गरेर १० लाख रुपैंयाँ डिल गरेको र पछि ६ लाख २५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले बताए ।

उनका अनुसार प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादीलाई हिरासतबाट निकालेर यादवले कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए । 

यादवले लिएको रकमबाट भारतको कोलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएका थिए । हाल उनीसँग नौ वटा ट्याक्सी रहेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले घटनाबारे थप भने, ‘असरफ आलमलाई २०६४÷०२÷०९ गते राति नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी त्यहाँबाट फरार भएको अवस्थामा झापा प्रहरीको समन्वयमा हामीले पक्राउ गरेका हौं । पक्राउ परेका यादवलाई अपराध संहिता २०७४ को दफा १०२ अनुसार कारबाही हुनेछ ।’ 

खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने अन्दाजी ३९ वर्षका असरफ आलमलाई २०६४÷०२÷०९ गते राति साढे ८ बजेतिर प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैंले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी थुनुवासँगै उनी पनि फरार भएका थिए । 

पक्राउ परेपछि प्रतिवादी यादवले २०६१ सालमा आफूले प्रहरीमा जागिर खाएर ०६४ सालमा थुनुवालाई भगाई आफूपनि संगै भागेको एवं १६ वर्षपछि पक्राउ पर्दा प्रहरीको जागीर छाडेर गल्ती गरे भन्ने लागेन भन्ने प्रश्नको जवाफमा यादवले भने ‘थुनुवालाई लिएर भागे र १६ वर्ष बाहिर बसे । बाहिरबाट मलाई प्रहरीले समातेर यहाँ ल्याए । भाग्यो भने कसैले छाड्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार