मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

रौतहट । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।  बिगत चार  महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए । 

उनका अनुसार  करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए । 

सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् । 

अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए । केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासिले माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार