मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लमजुङको बगुममा पहिराे जाँदा ३ घर बगायाे, ४ जनाकाे मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ असार २०८१, बुधवार

बेसीसहर ।लमजुङको क्ब्हाेंलासाेथर गाउँपालिकाकाे वडा नं. ३ उत्तरकन्याकाे बगुमस्थित पच्यु टाेलमा गएराति पहिराे जाँदा तीन घर बगाएकाे छ । पहिराेमा परि ४ जनाकाे मृत्यु भएकाे छ ।

वडा सदस्य विन प्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाएकाे छ । 

पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छाेरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङकाे मृत्यु भएकाे छ । 

रूद्रमानकाे श्रीमती छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ भिमबहादुर घले भने घाईते भएका छन् । 

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली जाँदै गरेकाे प्रहरी निरक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टाेलीपनि घटनास्थल पुग्दैछ । घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।

ओखलढुंगामा पनि एकको मृत्यु दुई जना गम्भीर घाइते

अविरल बर्षाको कारण घर र गोठ माथि पहिरो खस्दा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज बिहान ४ः ४० बजेको समयमा जिल्लाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ बर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुर्दा उनको श्रीमती ३५ बर्षीय देव कुमारी खत्रीको घटननास्थलमै ज्यान गएको हो ।

पहिरोमा परि गम्भीर घाइते भएका बाबुराम खत्री र उनको छोरी १८ बर्षीय मेनुका खत्रीको प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयले सकुशल उद्धार गरि उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

पहिरोले खत्रीको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको एक तले घर र गोठ समेत पूर्ण रुपमा परिएको छ । क्षतिको अन्य विवरण भने संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार