मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

Ujyalosandeshonline 11524+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए । 

जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडीए गठवन्धन बैठकलले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए ।

बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए । लोकसभाको निर्वाचनमा एनडीए गठबन्धनले २९२ सिट जितेको छ । भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ । बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिटमात्रै जितेको छ । अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यस पटक भने गठबन्धन गरेर चुनावमा गएको थियो । चुनावी  नतिजाले भाजपाको लोकप्रियता भने घटेको पुष्टि गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार