मुख्य समाचार
रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता | पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी |

हेटौंडा राइर्डरस क्लबले कोरा साईकल ¥याली गर्ने

Ujyalosandeshonline 11168+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

मकवानपुर । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साईकल ¥याली हुने भएको छ । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा–२०२४(सातौ संस्करण) आयोजना गर्ने भएको हो ।

‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामूहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै तिर्थस्थल र स्थानीय बस्तीहरुलाई पहिचान गराउने उदेश्यका साथ ¥याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

करिब ५० किलोमिटर दुरीमा हुने साईकल ¥यालीमा चितवन बारा, पर्सा लगायत काठमाडौंका २ सय ५० जना भन्दा बढि राईडरहरुको सहभागिता रहने अनुमान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने ¥याली हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोक, राईडर्स चोक लक्ष्मण साईकल अगाडि आई सम्पन्न हुनेछ ।

च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन्, भने हालसम्म २ सय जनाले नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले बताए । 

कार्यक्रममा निःशुल्क स्तरीय जर्सीको व्यवस्था गरिएको छ । त्यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार