मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

भैरहवाको दोगहराबाट एक बालिका बेपत्ता

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट एक बालिका बेपत्ता भएकी छिन् । चैत २२ गते शुक्रबार दिउँसो २ः३० बजेदेखि ६ वर्षिय बालिका समीक्षा गौड बेपत्ता भएको नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए ।

स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका समीक्षालाई दोगहरामा अटो–रिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि बालिका महिलासँगै गएको र वेपत्ता भएको सम्बन्धित परिवारबाट जानकारी आएको यादवले बताए । उनले बालिकालाई फेला पार्ने व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८०६९७१२३३ वा ९८२३९१६४४० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बालिका हराएको र खोजतलासका लागि निवेदन आएको र खोजी कार्य जारी रहेको बताए । ‘सम्बन्धित स्थानहरुमा सिसिटिभी फुटेज हेर्न पनि लगाइएको छ, हालसम्म बालिका फेला परेको अवस्था छैन, ‘डीएसपी कार्कीले भने–‘खोजी र थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार