मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट : लुम्बिनी शिक्षा र लीलाराम मावि विजयी, बासुदेवको शतकीय पारी

Ujyalosandeshonline 11564+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारका खेलमा लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम मावि विजयी भएका छन् । पहिलो खेलमा बासुदेव यादवको अविजित १ सय २७ रनको शतकीय पारीको मद्दतमा लुम्बिनी शिक्षा निकेतनले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य पछ्याएको कुँवरवर्ती ७० रनमै समेटियो । खेलमा ब्याटिङ र बलिङ (१ विकेट) दुवैमा चम्किएका बासुदेव यादव 'प्लेयर अफ द म्याच' घोषित भए ।

यस्तै, दोस्रो खेलमा लीलाराम माविले शान्ति नमूना माविलाई २ विकेटले पराजित गर्दै जित निकाल्यो । शान्ति नमूनाले दिएको १ सय १ रनको लक्ष्य लीलारामले १६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । ४ विकेट लिनुका साथै १७ रन जोडेका लीलारामका आयन खान 'प्लेयर अफ द म्याच' बने । रुपन्देहीका ३० विद्यालय सहभागी यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार