हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

Ujyalosandeshonline 11543+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

तम्घास । आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले हातहतियार बुझाउन आग्रह गरेको छ । आज प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो । 

उक्त हतियारहरू नजिकैकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात् हातहितयारहरू फिर्ता लैजान पाइनेछ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लामा ७८ वटा हातहतियार तथा खरखजानाहरू दर्ता रहेका छन् । यदि कसैले कानुनविपरीत घरमै हातहतियार राखेमा कानुनबमोजिम कारबाही हुने गैरेले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार