मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अस्ट्रेलिया एएफसी एशिया कपको अन्तिम १६ मा

Ujyalosandeshonline 11566+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौं । एएफसी एशियन कप फुटबलमा अस्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘बी’मा लगातार दोस्रो खेल जित्दै स्थान पक्का गरेको अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्ने दोस्रो टिम पनि भएको छ । यसअघि घरेलु टोली कतारले समूह ‘ए’बाट अन्तिम १६ मा स्थान पक्का गरेको थियो । 

बिहीबार कतारमा जारी प्रतियोगितामा अस्ट्रेलियाले सिरियालाई १–० गोल अन्तरले पराजित गरेको हो । सिरियाविरुद्ध दोस्रो हाफमा गरेको एक गोल नै अस्ट्रेलियालाई अन्तिम १६ मा स्थान पक्का गर्न पर्याप्त भयो । 

अस्ट्रेलियाका लागि ज्याक्सन इर्भिनले ५९ औं मिनेटमा गोल गर्दै जित दिलाए । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानसँग खेल्ने छ । पहिलो खेलमा भारतलाई पराजित गरेको थियो ।

समूहमा अस्ट्रेलियाले २ खेलबाट ६ अंक बनाएको छ भने उज्वेकिस्तान १ अंकका साथ दोस्रो र सिरिया पनि १ अंकका साथ तेस्रो स्थानमा छ । भारतले भने खाता खोलेको छैन । भारतले उज्वेकिस्तानसँग खेल्ने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार