मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

देशको न्याय प्रणाली सुधार आवश्यक छ : अध्यक्ष ओली

Ujyalosandeshonline 11540+ समाचार ( )
१५ माघ २०८०, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको न्यायप्रणाली प्रभावकारी नभएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा एसिड(तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै उनले नेपालको न्याय प्रणाली दोषी भएपनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्यायप्रणाली प्रभावकारी नभएको बताएका हुन् । 

उनले भने, ‘नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो । मानव विरुद्धको जघन्य अपराधमा सोझै सत्ता दुरुपयोग गरेर माफी दिने काम भइरहेको छ । त्यसैले यतिबेला उठिरहेको प्रश्न भनेको हाम्रो न्याय प्रणालीमाथि हो ।’

अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्रीसँग भेटेर एउटा एजेण्डाको रुपमा नै छलफल गर्ने प्रतिबद्धता जनाए । उनले प्रावधान बनाएर मात्र एसिड विक्री वितरण गर्नुपर्नेमा जोड दिए । 

उनले भने,‘एसिडपीडितहरूको बारमा प्रधानमन्त्रीसँग भेटेर कुरा गर्नेछु । एउटा एजेण्डाको रुपमा नै छलफल गर्नेछु । एसिडको उपलब्धता नै हुनुहुँदैन भन्ने होइन् तर कसले के प्रयोजनको लागि किन्ने र कति मात्रा प्रयोग गर्ने र बाँकी रहेको फिर्ता गर्नेसहित प्रावधान बनाएर विक्री गर्न आवश्यक छ । यो प्रतिनिधिसभाको छलफलको विषय बन्छ ।’ 

एउटा निर्दोषलाई चाहीं फसाइदिने र दोषीलाई चाहीं उमक्याइदिने काम भइरहेको बताए । त्यसैले न्याय प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।

एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरुका पीडा र जीवन कथालाई समेटर निर्माण हुन लागेको चलचित्र ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गरेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार