मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल र फिनल्यान्डबीच पिआइ योजनामा सहमति

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौँ । नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक क्षेत्र लगानी सुविधा पिआइ योजनामा सहमति भएको छ । सहमतिले नेपालका सामाजिक–आर्थिक पूर्वाधारलाई मजबुत बनाउँदै दिगो विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

सहमतिमा समेटिएका मुख्य सहयोगका क्षेत्रहरूमा खानेपानी र फोहोर व्यवस्थापन, ऊर्जा र विद्युतीकरण, डिजिटलाइजेशन, सूचना प्रविधि, स्वास्थ्य प्रविधि र आपतकालीन व्यवस्थापन समावेश छन् । सहमति पत्रमा नेपालका तर्फबाट वित्त मन्त्रालयका सहसचिव धनिराम शर्मा र फिनल्यान्डका तर्फबाट नेपालका लागि फिनल्यान्डकी राजदूत रीना–रीक्का हेइक्काले हस्ताक्षर गरेका हुन् ।

यसका लागि ओइसीडी फ्रेमवर्कअनुसार नेपालजस्ता अल्प विकसित मुलुकहरूलाई ५० प्रतिशत अनुदानका रूपमा सहयोग प्रदान गरिनेछ ।

सहमतिपछि नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिनल्यान्डको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सम्झौताले दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

फिनल्यान्डका विदेश व्यापार तथा विकासमन्त्री भिल्ले टाभियोले पिआइ योजनाले फिनल्यान्डको प्रविधि र विशेषज्ञता नेपालको विकासका लागि सस्तो वित्तीय सुविधा उपलब्ध गराउने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार