मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पूर्व राजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

Ujyalosandeshonline 11564+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर गएका थिए पूर्व राजा शाह ।

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने  भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए ।

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्व राजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए । सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्व राजाले सर्वसाधारण युवाहरु आफैं लाईनमा बसेर राहदानी सेवा लिईरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए । 

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्व राजासँग तस्बिर खिचेका थिए । कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार