मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मुगु जोडियो विश्व समुदायसँग

Ujyalosandeshonline 11566+ समाचार ( )
७ जेठ २०८१, सोमबार

मुगु । भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्व समुदायसँग जोडिएको हो । 

सो सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरिन् । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच यसअघि ७५ जिल्लामा पुगेको थियो । 

सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ औँ जिल्लाका रुपमा मुगुमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पु¥याउन टेलिकम सफल भएको हो । 

मन्त्री र्शमाले मुगुको सदरमुकाम गमगढीमा विस्तार हुन लागेको फाइबर इन्टरनेट सेवासँगै जिल्लामा ४ स्थानिय तह सम्म सेवा विस्तार गर्न सकिने समेत बताएकी छन ।

यस्तै, दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढी सम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको विस्तार कार्य अघि बढाइएकाले आगामी बर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवा समेत विस्तार हुनेछ । 

नेपाल टेलिकमले पुरानो प्रविधिको नेटवर्कलाई एफटिटिएचमा परिवर्तन गरी हाल उपलब्ध माइक्रो वेभ रेडियो लिंकको क्षमता बढाएर टेलिफोन र इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताएका छन् ।

यो सँगै मुगुका बासिन्दाले बार्षिक ७ हजार ९९९ रुपैयाँमा शुल्क तिरेर उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । जिल्लामा इनटरनेट सेवा पुगेपछि स्थानीय हर्षित भएका छन् । 

मुगुमा इन्टरनेट पुगेसँगै देशभर ७६ जिल्ला सूचना प्रविधिसँग विश्वभर जोडिएको छ । अब  इन्टरनेटको पहुँच बाहिर रहेको एकमात्र जिल्ला हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१÷८२ मा एफटिटिएच सेवा पु¥याउने सरकारको योजना छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार