मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा उहाँले लगानी र विकासमा देखिएका समस्या कानुनी रूपमा समाधान गरिने बताउनुभयो । 

उहाँले कानुनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणामसमेत देखिने भन्दै सरकार नागरिकमैत्री कानुन निर्माणमा केन्द्रित रहेको बताउनुभयो । ऐन देशको ऐना भएकाले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ । मुलुकको पूर्वाधार थप गतिशील र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सुधारमा यस गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ  । 

मन्त्री लम्सालले भन्नुभयो, “अहिले हाम्रो ऐन जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ । अहिलेको शहरी ऐन हेर्‍यो भने सहर पनि त्यस्तै देखिन्छ । अहिले शिक्षा ऐन जस्तो छ, विद्यालय पनि सोहीअनुसार छन् । जस्तो ऐन बनायो परिणाम पनि त सोहीअनुसार आउँदो रहेछ ।”मन्त्री लम्सालले अहिले परिमार्जन गर्न खोजेको कानुनहरू सोहीअनुसार सुधार गर्न खोजेको बताउँदै तयार गरेको मस्यौदाको अक्षरशः अध्ययन गरेर कानुनलाई त्योभन्दा उत्कृष्ट कसरी बनाउने भन्नेबारेमा सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री लम्सालले भन्नुभयो, “खरिद ऐन पास गरिरहेका थियौँ, त्यो बेला निर्माण व्यवसायी सङ्घले सुझाव ल्यायो । तर हामीले त्यो सुझाव आत्मसाथ गरेनौँ, किनभने उहाँहरूको सुझावले ‘पोलिसी डिपार्चर’ नै हुन दिँदैनथ्यो । उहाँहरूलाई हामीले धेरै कुरा दिन खोजेका थियौँ । उहाँहरूले लिनै नखोजेको जस्तो पनि देखियो । सरकारले खास ‘पब्लिक सेन्ट्रिक पोलिसी डिर्पाचर’ खोजेको हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार