मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

रासस 695+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

वीरगञ्ज (पर्सा) । गत बिहीबार सम्पन्न  प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ । मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताउनुभयो । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ । त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९, नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ ।

पर्सा  २ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार रास्वपालाई ३४ हजार ९१८ मत  खसेको छ । कांग्रेस पार्टीलाई १० हजार ३४०, एमालेलाई आठ हजार ५८५, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  तीन हजार ५०६, जनता समाजवादी पार्टी नेपाललाई दुई हजार ४५० मत खसेको छ ।

त्यसैगरी, पर्सा ३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेस आठ हजार ६५०, एमालेले छ हजार १६८, नेपाली कम्युनिष्ट पार्टीले एक हजार १९५ मत पाएको छ । त्यस्तै, पर्साको ४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेसले ११ हजार ५१२, एमाले नौ हजार ९३५ मत ल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार