मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पार्टीलाई चलायमान बनाउदै कांग्रेस रुपन्देही

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ असार २०८१, सोमबार

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले पार्टीलाई चलायमान तथा गतिशील बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्रियाशील सदस्यहरुको नवीकरण गर्नेदेखि जिल्लास्तरीय प्रशिक्षण गर्नेसम्मका निर्णयहरु गरेको छ ।

केन्द्रको परिपत्र अनुसार १४ औं महाधिवेशनपछिको क्रियाशील नवीकरण यही साउनभित्र सक्ने गरी पालिकामार्फत सम्पूर्ण वडामा पठाउने र वडाहरुले साउनभित्र नै नवीकरण गरेर जिल्लामा पठाउनुपर्नेछ । पुरानो क्रियाशील नवीकरणको आधारमा नयाँ क्रियाशील सदस्यको लागि सिफारिस गरिने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । त्यस्तै साउन महिनाभित्र नै जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको उनले बताए । उनका अनुसार सदस्यहरुको क्षमता वृद्धिका लागि जिल्लास्तरीय आवासीय प्रशिक्षण आयोजना गर्न लागिएको हो । 

बैठकले ४२ औं विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । दिवसको अवसरमा आगामी साउन ६ गते बिहान तिलोत्तमा नगरपालिका–११ स्थित सुखौरा हरियाली सामुदायिक वनमा वृक्षारोपण गरिने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । 

त्यस्तै जिल्ला सदस्य स्वर्गीय अमर बहादुर चौधरीको नवौं पुण्यतिथिको दिन यही असार २८ मा उनको निवास देवदह–११ स्थित सिक्टहनमा जिल्लास्तरीय शोक सभाको आयोजना पनि गरिने भएको छ । पार्टीका सबै तह र तप्काका नेता–कार्यकताहरुलाई सबै कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउन समेत कांग्रेस रुपन्देहीले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार