मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बुटवलमा आमा र दुई छोरी सहित ३ जनाको बिभत्स हत्या

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

रुपन्देही । बुटवलमा आमा र दुई छोरी सहित ३ जनाको बिभत्स हत्या भएको छ । बुटवलको होराईजन चोकमा आज बिहान ४ बजे आफ्नै पुर्व पतिले पत्नी र दुई छोरीको विभत्स रुपमा हत्या गरेको प्रहरीले जनाएको छ । सम्बन्ध बिच्छेद पछि छुट्टा छुट्टै बस्दै आएका बुटवलका सुजन कोईरालाले पुर्वपत्नी दीपा वस्याल र छोरीहरु ७ बर्षिय स्नेहा र ४ वर्षिय नानी बस्यालको हत्या गरको रुपन्देहरी प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्धामा जेल जिवन बिताएर केहि समय मात्रै छुटेका कोईरालाले आमा छोरीलाई संगै हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिनुभयो । कोईरालाले कर्तव्य ज्यान मुद्धा पछि जेल परेपछि उनीहरुवीच सम्बन्ध विच्छेद भएको बुझिएको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार