मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

रूपन्देही सुपरलिगः तिरुपति ४ विकेटले विजयी

Ujyalosandeshonline 12438+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

भैरहवा । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा उसले बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

जितका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए ।

यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ४१ ओभरमा ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रनको सामान्य लक्ष्य खडा गरेको थियो । उसका लागि इमरान शेषले २५, विपिन विक्रम शाहीले २१ र सुशान्त सिंहले १५ रन बनाए । बलिङमा तिरुपतिका इन्द्रजित यादवले ३, बसिर अहम्मदले २ तथा तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका बसिर अहम्मद प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार