मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

Ujyalosandeshonline 12437+ समाचार ( )
६ जेठ २०८१, आइतबार

काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो ।

सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबैै विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ३६ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्दा आसिफ शेखले ११ बलमा २४ रन बनाए । यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहोरा र ललितनारायण राजवंशीलाई विश्राम दिइएको थियो ।

नेपालविल्द्ध टस जितेर पहिले ब्याटिङ गरेको भोलक्योजले २० ओभरमा २ सय ५ रन बनाएको थियो । उसका लागि डीलोन डगलासले ३२ बलमा ५६ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए । वेस्टइन्डिजको अभ्यासपछि आज नेपाली टिम अमेरिका प्रस्थान गर्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार