मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

रूपन्देही सुपरलिगः तिरुपतिको सानदार जित

Ujyalosandeshonline 12442+ समाचार ( )
२० माघ २०८१, आइतबार

भैरहवा । तिरुपति क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा सानदार जित निकालेको छ । उसले आइतबार भएको ‘ए’ डिभिजनको खेलमा न्यु होराइजन क्रिकेट क्लबलाई १० विकेटले हराउँदै सानदार जित हात पारेको हो ।

तिरुपतिले जितका लागि पाएको ५७ रनको झिनो लक्ष्य ७ ओभरमै विना क्षति ६० रन बनाउँदै पूरा गरी सहज जित हात पार्यो । उसको जितमा कमल विकले अविजित ४० र आकाश त्रिपाठीले नटआउट २० रन बनाए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा १९ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका रुपेश कुर्मीले ४, सन्दीप मौर्यले ३ तथा आकाश त्रिपाठीले २ र तुलबहादुर थापाले १ विकेट लिए ।

न्यु होराइजनका प्रदीप साहनीले १८ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । तिरुपतिका बलर हाबी हुँदा उसका ५ खेलाडी त शून्य रनमै पेभेलियन फर्किए । खेलमा तिरुपतिका रुपेश कुर्मी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार