मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अशक्तलाई घरमै नागरिकता

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ माघ २०८२, शनिबार

किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिनुभयो । 

अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिनु भएको थियो । प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताउनुभयो । “असक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ । स्वास्थ्यका कारणले समस्या भएर जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै जानेछौँ”, उहाँले भन्नुभयो । 

यसैबीच आज यहाँ जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण गर्नुका साथै स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालनालगायत विषयमा अन्तरक्रिया गरेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै मतदान केन्द्र तथा मतदानस्थल अनुगमन र समन्वयको कामलाई तीव्रता दिइएको प्रजिअ थपलियाले बताउनुभयो ।

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख १९ हजार ६३० रहेका छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् । यहाँ १५ दल र एक स्वतन्त्र गरी तीन महिलासहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार