मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मौसम खराबीका कारण रारा विमानस्थलबाट उडान ठप्प

Ujyalosandeshonline 12441+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

मुगु ।  मौसम खराबीका कारण तीन दिनदेखि रारा विमानस्थलमा उडान हुन सकेको छैन। बर्षाद्को समयमा मौसममा खराबी आइरहँदा रारा ताल्चा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।

गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडेपनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो ।

आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो । 

तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज, सुर्खेत ,काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च बढ्दै गएको यात्रुहरुको  गुनासो छ ।  

उडान नहुँदा मुख्य गरि वर्षे विदामा घर गएका शिक्षकहरु, बिरामी, प्रदेश कार्यालय, समीक्षा गोष्ठीमा गएका कर्मचारीहरू प्रभावित भएका छन् । रारामा नियमित उडान भर्ने तीत निजी एयरलायन्सहरु मध्ये तारा एयर मर्मत सम्भारको लागि काठमाडौं र सिता एयरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एयरले मात्र उडान भर्दै आएको थियो ।

सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भामले आफ्नो एयरलायन्सले पनि मौसमले साथ दिए सम्भवत सोमबारबाट नियमित उडान गर्ने बताए । रारामा आफूहरुले नियमित उडान गर्दै आएपनि मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एयरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्लले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार