मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ माघ २०८२, सोमबार

परासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यक्रमलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता, २०८२ लागु गरिसकेको अवस्थामा यही माघ २७ गते जिल्लामा तय भएको लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' का सन्दर्भमा प्रशासनले ध्यानाकर्षण जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा जारी सूचनामा, उक्त कार्यक्रमका क्रममा निर्वाचन आचारसंहिता आकर्षित हुने हुँदा आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सचेत गराइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन आयोगले माघ १४ गतेदेखि नै आचारसंहिता लागु गरिसकेको प्रशासनले स्मरण गराएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार