मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लैङ्गिक हिंसा अन्त्य समृद्ध समाजको आधार : नगरप्रमुख खान

Ujyalosandeshonline 12437+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नगरप्रमुख खानले समाजमा व्याप्त कुप्रथा र विभेद अन्त्य गर्न परिवार, नागरिक समाज र राज्य संयन्त्रको एकताबद्ध प्रयास अपरिहार्य रहेको बताउनुभयो । उहाँले संविधानप्रदत्त लैङ्गिक समानताको हक सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन र पीडितको संरक्षण तथा पुनर्स्थापनामा जोड दिनुभएको छ ।

नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यलाई विकासको मुख्य आधार मान्दै ‘लैङ्गिक समानता नीति’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँले यो अभियानले ३६५ दिन नै सभ्य, सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार