मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सामुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित छन्ः मन्त्री शाही

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन् । शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र  उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग गरिरहेको बताएका हुन् ।  

उनले भने, ‘वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समूदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप चार दशक पहिले सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको  एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका  २३ हजार  बढि सामुदायिक वन र उपभोक्ता समुहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग  गरिरहेका छन् । करिव  ३३ लाख घरधुरी लाभान्वित भएको कुरा जानकारीमा आएको छ ।’

साथै उनले नेपालले सामुदायिक वन व्यवस्थापन प्रणालीबाट प्राप्त गरेका उपलब्धिहरु विश्वमा नै उदाहरणीय रुपमा रहेको बताए ।  उनले वन व्यवस्थापन कार्यक्रमले हरियाली वृद्धि गर्न, वनको हस्तक्षेपमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न र  जलाधार क्षेत्रको संरक्षण गर्न ठुलो सहयोग गरेको दावी गरे ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार