मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

भन्सार छलीको सामन, पिकअप गाडी सहित एक पक्राउ

Ujyalosandeshonline 11171+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

रौतहट । रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा न .४ बसपार्कबाट चेकजाँचका क्रममा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार  एक प्रेस नोट जारी गरि प्र–२–०३–००१ ज १३१ नम्बरको  पिकअप गाडीबाट किरानाको सामन बरामद गरेको उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता दिपक कुमार रायका अनुसार कटहरिया बस्ने बर्ष २२ को निरज कुमार साहलाई पक्राउ गरिएको छ । बरामद सामन र पिकअप गाडीको ७ लाख ९९ हजार ९६० मुल्यांकन गरिएको उनले जानकारी दिए  । 

बरामद सामन , पिकअप गाडी र पक्राउ परेकालाई अवस्यक कारबाहीको लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्य लय रौतहटले जनाएको छ ।  पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ । 

भारतीय बजारको विभिन्न सामाग्री विना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् । विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हुदै आएको छ । लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाईन्छ । लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार