मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी

Ujyalosandeshonline 11564+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् ।

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेतिथि फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेतिथि रोक्ने काम त गर्यौं । हाम्रो नेतृत्व पश्चात बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो । नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ । केही खराब नगरिकन हामी सरकारमा छौं ।’

सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरुमा असल कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्ने उनको भनाई छ ।

उनले सरुवा बढुवाको काम वैज्ञानिक तरिकाले नै भएको भन्दै त्यसपछि आउने पुस्ताको प्रहरी र संगठनले कुनै नेताको हात होईन, भ्रष्टाचारी समाउने बताए ।

उनले भने, ‘गृह मन्त्रालयमा एक रुपैयाँ पनि कसैले सोच्ने अवसर दिएको छैन । हरेक मान्छेलाई वैज्ञानिक तरिकाले सारिएको छ । संगठनको इज्जत राख्ने तरिकाले काम भएको छ । सरुवा बढुवालाई अटोमेशनमा लिएर जानको लागि समिति बनेको छ । अब त्यो समितिले दिएको प्रतिवेदनको आधारमा काम हुनेछ र प्रहरीलाई देशको प्रहरी बनाउने छौं । अब आउने पुस्ताको प्रहरीले हामीले सुधार गर्दै लगेको संगठनले कुनै नेताको हात होईन, भ्रष्टाचारी समाउने छ ।’

उनले एउटा चुनाव, कार्यकाल र पदका लागि होइन, लामो यात्राको लागि जोडिएको भन्दै विचलित नभइ अगाडि बढ्नु पर्ने पनि बताए ।

यस्तै  लामिछानेले मन्त्री बन्नका लागि सरकारमा नगएको चर्चा गरे ।

‘हामी धेरै तामझामममा विश्वास गर्दैनौं, हामी आम जनताबाट निस्किएका मान्छे हौं । हामी कुनै अर्को ग्रहबाट आएका होइनौं, हामी तपाईंहरुकै बीचमा नै छौं र कुनैपनि बेला हामी त्यही ठाउँमा पुग्न पनि सक्छौं । मन्त्रीको पद कुनै ठूलो कुरा होइन । हामी एउटा उद्देश्य बोकेर गएका छौं, केही गर्न सकिन्छ भन्ने आँटका साथ गएका छौं’ लामिछानेले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार