मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रास्वपाले कर्णाली विशेष अभियान गर्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बसेको बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको छ । 

कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा.तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन् ।

यस्तै बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ ।  उक्त अभियानमा पार्टी सभापति रवि लामिछाने समेत सहभागी हुने रास्वपाले जनाएको छ । 

यस्तै बैठकको सुरूमै सिमलताल दुर्घटनामा ज्यान गुमाउनेहरू र सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

यस्तै पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ । यसलाई क्लोज क्याम्प नाम दिइएको  छ । 

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार