मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी  अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।

विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुगेको छ । 

१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ। 

यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार