दशैंको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस संचालन

Ujyalosandeshonline 12435+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ। प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हो। प्रहरीले हरेक वर्षको दशैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार