मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छ’

Ujyalosandeshonline 11564+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन् । काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका हुन् । 

‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ ।  कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलाफमा गएर केही हुँदैन’, उनले भने,‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र  प्रक्रियाअनुसार राख्न सकिन्छ ।  संविधान सशोधन गर्न सकिन्छ ।’ 

०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको चर्चा गर्दै उनले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएको बताए । अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको काम समेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको दाबी गरे । 

अघिल्लो पुस्ताले कष्टकर जीवन विताउनुपरेको अवस्था विर्सन नहुने भन्दै  विकासको काम क्रमिक रूपमा हुने बताए । ०४६ को परिवर्तनपछि विकासका धेरै काम भएको उनको भनाइ छ । त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिए । संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताए । 

‘शहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन । मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएको छ । भोलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,’उनले भने ।

उपप्रधानमन्त्री सिंहले नमोबुद्द नगरपालिकाको ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेको थाहा पाउँदा खुशी लागेको भन्दै नागरिकलाई निरोगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए । 

अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेको भन्दै सचेत रहन पनि सिंहले आग्रह गरे । हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उनले कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार