मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |
मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |


एक घर एक धाराको अभियानले आधारभुत तहमा खानेपानीको पहुँच सुनिश्चितः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11564+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनु भएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको बिहिबार भालुबांगमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनु भएको हो ।

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिदै अव सुरक्षित पानीको पहुँच सुनश्चित गर्न प्रदेश सरकार प्रतिबद्धत भएको बताउनु भयो । ‘प्रदेश सरकार स्थापना नहुदा खानेपानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? यसमा तुलना गरौं । जनतामा खानेपानी पु¥याउन प्रदेश सरकारले सघन रुपमा योजनाहरुलाई अघि बढाएको छ’उहाँले भन्नुभयो–‘आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने संकल्प सरकारले गरेको छ ।’

सुरक्षित पानीको पहुँचमा नागरिकलाई पु¥याउने लक्ष्य सरकारले बनाएको मुख्यमन्त्री आचार्यको भनाई छ । लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख ७ हजार ६ सय ६३ जना शुद्ध खानेपानीको पहुँचमा पुगेको छ । २ लाख ३७ हजार ३ सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्ष २०८१÷०८२ मा एक हजार तीन सय ९० आयोजना छन् । जसमा एक अर्ब ५६ करोड ३३ लाख बजेट रहेको छ ।

अघिल्ला सरकारको पालनामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका १५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना सरकारले बनाएको छ । यि आयोजना सम्पन्न भएको खण्डमा ७ लाख ७ हजार थप उपभोक्तामा पानी पुग्ने आँकलन गरिएको छ । आगामी बर्ष ६० देखी ८० प्रतिशत सम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गर्नेगरी योजना बनाइने जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।

‘जहाँ हात हाल्छौं त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पुरा गर्नेगरी सरकारले रणनीति बनाएको छ’उहाँले भन्नुभयो,–‘संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ साथै मुख्यमन्त्री आचार्यले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा महिलाको सहभागिता सुनिश्चित भएपनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।

शहरी क्षेत्रका खानेपानी संस्थामा महिलाको सहभागिता अर्थपूर्ण देखिएपनि ग्रामिण क्षेत्रका संस्थामा सहभागितामा मात्रै रहेको भन्दै उहाँले ग्रामिण क्षेत्रका संस्थाहरुमा पनि सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार