मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सन्दीपको अमेरिका यात्रा आउने सातामात्र निश्चित हुने

Ujyalosandeshonline 11171+ समाचार ( )
१२ जेठ २०८१, शनिबार

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसीसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन् । उनी अदालतको कानूनी प्रक्रियामा रहेकाले समावेश नगरिएका हुन् । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपलाई विश्वकपको स्क्वाडमा समावेश गर्नका लागि क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ । आइसीसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरु अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा परेका छन् भने राजनीतिक भेटघाटका लागि व्यस्त भए पनि कुनै सकारात्मक सन्देश भने पाइसकेका छैनन् ।

जसका कारण क्यानले आइसीसीलाई पत्राचार गर्दै आज नेपालले अन्तिम १४ जनाको टिम सार्वजनिक गर्ने र केही समय अर्थात् जुन २ सम्मको समय दिन माग गरेको हो । क्यान स्रोतका अनुसार आज १४ जनाको खेलाडी लिस्ट सार्वजनिक हुने छ भने यदि सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ । 

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप अमेरिका जाने तयारीमा रहेका थिए । सफाइ पाएको भोलिपल्टै क्यान पुगेर कागजी प्रक्रिया अघि बढाउन आग्रह गर्दासम्म आफूसँग अझै  २ वर्षको भिसा भएको भन्दै जाने कुरामा ढुक्क देखिएका थिए । तर, जाने तयारीमा रहेका बेला सन्दीपको  यसअघिको भिसा रद्द भएको इमेल पाएपछि भने छाँगाबाट खसेको जस्तै भएर पुनः नयाँ प्रक्रिया सुरु गरेका थिए । नयाँ प्रक्रिया अनुसार उनले आवेदन गर्दा दूतावासबाट भिसा रिजेक्टमा परेपछि अहिले नेपाल क्रिकेट संघ क्यान र सरकारले पहल थालेका कुराहरु पनि सार्वजनिक भएका छन् । यस विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, युवा तथा खेलकुदमन्त्री र राखेपले सहजीकरण गरिरहेको बताइएको छ ।

खेलकुदबाट सिफारिस भएर परराष्ट्रमा कुटनीतिक नोट बनाउनका लागि आग्रह गरिए पनि अझै नोट तयार भने नभएको परराष्ट्र स्रोतले बताएको छ । जसका कारण सन्दीपको भिसा प्रक्रिया अन्यौलमै रहेका बेला सामाजिक सञ्जाल प्रगोगकर्ता भने सन्दीपको भिसा लागेको खबर प्रकाशित गरेकोमा सन्दीप निकट व्यक्तिहरुले आपत्ति जनाएका छन् । अमेरिकी दूतावास शनिबार र आइतवार विदा हुने भएकाले नयाँ जे जति प्रक्रिया अघि बढाउने विषय सोमबार मात्रै तय हुने छ । परराष्ट्रका अधिकारीहरुले पहिलो दूतावससँग समन्वय गरेर भिसा दिने निश्चित गरेपछि मात्रै कुटनीतिक नोट बनाउने अवस्थामा रहेको स्रोतले जनाएको छ । नेपालले जुन ४ देखि आइसीसी टी–२० विश्वकप खेल्दै छ । समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपमा दोस्रो पटक यात्रा सुरु गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार