मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘राजनीति कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भए’

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका  सांसद माधव सापकोटाले अब माओवादीले सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठक पश्चात उनले सरकारमा जाने दलहरुले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस नभएको भन्दै जनताका मुद्धाहरुलाई संसदमा लंजान सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्ने बताए । 

उनले भने, ‘मलाई लाग्छ उहाँहरुले ठिक तरिकाले पारदर्शी तरिकाले काम गर्न सक्ने गुन्जाएस त देखिदैँन् । ठिक तरिकाले जनताका मुद्धाहरुलाई आवाजका रुपमा संसदमा सशक्त प्रतिपक्षका रुपमा भूमिका खेल्छौ ।’

यस्तै, उनले राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गरेको भन्दै आगामी दिनमा यी कुराहरु संसदमा आवाजका रुपमा उठाउने बताए । 

उनले भने, ‘राजनीति, राजनीति दलका कार्यहरु र नेताहरुबाट परिचालित होईन्, बिचौलिया, कर्पोरेट हाउसहरुबाट राजनीति बढि परिचालित भयो यसले राम्रो संकेत गरेको छैन् । राजनीति राजनेताहरुले होईन्, कर्पोरेट हाउसका बिचौलियाहरुले सञ्चालन गर्ने भयो । आगामी दिनमा पनि यी कुराहरु संसदमा आवाजका रुपमा उठाउछौ ।’ 

उनले विश्वासको मत पुग्दैँन् भन्ने थाहा भएपनि लोकतन्त्रको अभ्यास गर्न खोजेको भन्दै राष्ट्रपतिले कानून र संविधानमा रहेर निर्णय गर्ने आशा गरेको बताए । 

प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचनमा लाने कुरा कानूनी, राजनीतिक र जनमत विपरित रहेकाले  स्विकार्य नहुँने उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार